ला लिगा जुनकाे पहिलाे हप्तादेखि सुरु गर्ने तयारी

एजेन्सी, २३ बैशाख । कोरोना भाइरसकाे कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल जुन महिनाको पहिलो हप्ताबाट सुरु गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

बीबीसीका अनुसार क्लबहरु यसै हप्तादेखि प्रशिक्षणमा फर्कने र जुनको पहिलो हप्तादेखि प्रतियोगिता सुरु गर्ने तयारी रहेको छ । भौतिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गर्न क्लबहरुलाई स्पेनको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ ।

लिगका खेल सुरु हुनुअघि सबै खेलाडीको स्वास्थ्य जाँच गरिने र दर्शकविनाकाे रङ्गशालामा खेल खेलाउने तयारी छ । ११ औँ चरणको खेल बाँकी रहेको अवस्थामा गएको मार्चदेखि ला लिगा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा