डा. बाबुराम भट्टराईको अपहरणको हास्यास्पद परिभाषा

सुशील ज्ञवाली

हिजो विहान बनियाभारबाट नेपालगञ्ज जादै थिए, म सङ्गै बाइकमा भाइ सिभ ज्ञवाली पनि थियो । हामी गुलरिया पुगेर चिया पियौ, फेरि अगाडी बढ्यौ, भाइले खजुरा पुग्दा फेरि चिया पिउने प्रस्ताव राख्यो । चिया पछि उसले एउटा फोन गर्यो, उनिहरुको कुरा बुझ्दा पूर्वमन्त्री महेश बस्नेत र पूर्वप्रहरी आर्जीईपी सर्बेन्द्र खनालले मान्छे अपहरण गरेको बारेमा कुरा गरेको रहेछ ।

अर्को साथीले फोनमा भनेछ नेपालको मुलुकी एनमा अपहरणको नयाँ ब्याख्या गर्नु पर्ने भयो । डा. बाबुराम भट्टराई र बिश्वदिप पाण्डेहरुले ट्विट गरेको प्रावधान राखेर लेख्ने हो, भनेर भाइले सोध्यो ? एकछि राम्रै हांसो चल्यो । हामी फेरि अगाडी बढ्यौ, नेपालगञ्ज पुगियो । औषधी लिनु पर्ने थियो लियौ । भाईले भन्यो शुसिल रुपैडिहा जाउँ, मैले हुन्छ भने, भन्सार पुगेपछी प्रहरीले रोक्यो । हामीले पास देखायौ, पछि भारतीय एसएसबीले रोक्यो भाईले के के कुरा गर्यो उसले छोड्यो ।

रुपैडिहा पुगेपछी उसले तँ केहि समय यहि बस म साथी भेटेर आउछु भन्यो, म तेहिको एक मेडिकल सप भित्र छिरेर आधा घन्टा जति तेहिँ बसे, अरु सबै बन्द थियो । बसाइ कै क्रममा नेपालगन्ज एक साथीलाई फोन गरे । उसलाई सबै कुरा भने । उ गम्भिर हुँदै भन्यो भाई त अपहरणमा परिस् । म अचम्म परे, घरबाट एउटै बाइकमा हिडेको, दुई ठाउँमा चिया पिउन रोकेको, गफ गर्दै रमाइलो गर्दै हिडेको, नेपालगञ्ज पुगेर औषधी किनेको …। यो कसरी अपहरण हुन सक्छ रु म खुबै घोत्लिए ।

साथीले फेरि फोन गर्यो र भन्यो भाई त अपहरणमा परिस पुलिसलाई खबर गर । उसले निरन्तर भनिरह्यो डा. बाबुराम र बिश्वदिपको नयाँ कानुन हेरेको छैनस् । म सुन्दै रहे, मनमा कुरा खेलिरहे।। के गरु के नगरु सोचिरहे … ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ