अविषेक तिवारी
यति बेला विश्वले अहिले कोरोनाको सामना गरिरहेको छ । बिश्वमा प्राय सबै मुलुललाई कोरोना भाइरसले आक्रान्त पारेको छ र उक्त भाइरससँग लडिरहेका छन् । कोरोनाको कारण विभिन्न देशमा लकडाउनको घोषणा गरीएको छ । लक डाउनको कारण मानिस घरबाट बाहिर निस्किएका छैनन् र व्यवसाय, उद्योगधन्दा, कलकारखाना बन्द रहेको छ । जसको कारण आर्थिक अवस्था चलायमान हुन सकेको छैन ।
ठूला शक्तिशाली भनिएका देशहरुलाई कोरोनाले धेरै प्रभाव पारेको बेला नेपाल जस्तो विकासउन्मुख देशलाई त झन् आसर गरेको छ । सरकारले यो वर्ष ८।५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । तर लकडाउनले उद्योगधन्दा, कलकारखाना आदि बन्द हुदा, रेमिट्यान्स समेत घटेको हुदा र पर्यटन उद्योग बन्द हुदा आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा झर्ने एडीबीले प्रक्षेपण समेत गरेको छ । जसको कारण बर्तमान सरकाले देखेको सम्बृद्धिको योजनालाई चुनौती थपिएको छ ।
कोरोनाको निर्मुलाताको पश्चात आर्थिक अवस्थालाई फेरी चलायमान बनाउन सरकाले बिभिन्न आर्थिक प्याकेजको साथै बिभिन्न कार्यक्रमको घोषणा गर्नु पर्ने देखिन्छ । कोरोनाले आक्रान्त पारेको देशमा अहिले सरकाले गरेको काममा सबै दलले सहयोग गर्नु पर्ने र कोरोनालाई सबै मिली जुद्ध्नु पर्ने बेलामा त्यसको ठिक विपरीतको दृश्य देखिएको छ ।
आजको दिन सम्म नेपालमा ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १६ जाना निको भइसकेका छन् । जबकि सरकारले कोरोना रोकथामको लागी गरेको कामको अन्तराष्ट्रिय मुलुक तथा संघ संस्थाले समेत प्रसंशा गरेको अवस्था छ सरकारको गरेको लकडाउनलाई जनताको साथले गर्दा आज दिनसम्म आउदा समेत सफल भएको छ जसको कारण थप सङ्क्रमण फैलने अवस्था न्यून छ ।
झन्डै दुइ तिहाईको मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी अहिले सरकारमा छ र जसको नेतृत नेकपा अध्यक्ष के.पी शर्मा ओलीले गर्नु भएको छ । देशमा भएको संकटमा सरकारलाई साथ दिनु पर्ने बेलामा नेकपा भित्रै नेता हरु सरकारको विकल्पको बारेका बिभिन्न कित्तामा उभिन थालेका छन् र विपक्षमा रहेका दल पनि बिभिन्न मुद्धा उठाउदै सरकारको आलोचनामा व्यस्त छन् ।
विपक्षमा रहेकाको त कुरै छाडौ आफ्नै पार्टीले नेतृत्व गरेको सरकार ढाल्न र असफल बनाउन कतिपय नेताहरु व्यस्त रहेको देखियो । बिगतमा दुइ भिन्न पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र भएर चुनाव लड्दा जनताको माझमा बिभिन्न बाचाको साथमा दल जनता सामु गएको थियो । देशमा शान्ति, सुशासन, सम्वृद्धि, स्थायीत्व तथा विकासलाई मुख्य आधारमानि धोषणा पत्र पनि सार्वजनिक गरिएको थियो ।
जनता अहिले स्थायीत्वको पक्षमा रहेका छन् । बिगतमा सरकार बनाउने र ढाल्ने धेरै खेलभए जसका कारण जनतामा राजनीतिप्रति वितृष्णा जाग्यो । देशमा राजनीति स्थायीत्व नहुदा शान्ति,सुरक्षा र विकासमा धेरै बाधा तथा चुनैती थपिए आर्थिकस्तर पनि खासै बढन् सकेको थिएन ।तर अहिले अवस्था पहिलाको जस्तो छैन । एउटै दलको बहुमत रहेको छ, जसको कारण अन्य पार्टी बिनै सरकार सन्चालन गर्न सकिन्छ ।
यो अवस्थामा पनि अहिले आफ्नै दल भित्र सरकार ढाल्ने खेल सुरु भएको देख्दा नेता हरुमा नेतृत्व मोह जागेको रहेछ भन्ने देख्न सकिन्छ । सरकारले गरेको केहि काम चित्त नबुझ्ने भए पार्टीमा छलफल गरि समाधान गर्नु पर्ने देखिन्छ तर सरकारनै परिवर्तन अहिलेको विकल्प हुन सक्दैन ।बर्तमान सरकार प्रति जनाको धेरै आशा र भरोसा छ, जुन आशा मर्न नदिन सरकारलाई ५ वर्ष काम गर्न दिनु पर्छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भए पश्चात बिकाश निर्माणमा धेरै काम भएको छ र बिभिन्न पूर्वाधार निर्माणको साथै राष्टि«य गौरवको अयोजनाको काम पनि तिब्र गतिमा बढेको देख्न सकिन्छ । आझै पनि धेरै काम गर्न बाकि छ, जसको लागि सबै राजनितिक दल, कर्मचारीतन्त्रको सहयोग आवश्यक छ ।
यदि यस संकटको बेलामा पनि सरकारलाई काम गर्न नदिने हो र सरकार परिवर्तनको खेलमा लाग्ने हो भने अब यो फोहोरी खेलमा लाग्ने को हिसाबकिताब जनताले नै गर्नेछन् । नेकपालाई जनताले अहिले दिएको अबसरलाई गुमाउनु हुदैन । पार्टी तथा नेताहरु एक हुदा मात्र सरकार आफ्नो गतिमा बढ्न सक्छ तसर्थ सबैले सरकारलाई साथ दिनु को विकल्प छैन ।






