महेश बस्नेत पहराको बीचमा उम्रेको पिपल

नबिन पन्थी

महेश बस्नेत पहराको बीचमा उम्रेको पिपल हो । यस कारण उहाँलाई पहराको बीचमा उम्रेको पिपल भन्न सकिन्छ कि भक्तपुर जस्तो नेमकिपाको आधार क्षेत्रमा बसेर नेकपा एमालेको संगठन बिस्तार गर्नु उहाँको निम्ति कम्ती चुनौतीपूर्ण थिएन । बाल्यकालदेखि नै एमालेदेखि सहन नसक्ने दल र तिनका कार्यकर्ताबाट दिईने पटक पटकको यातना, सामाजिक र मानसिक तनाबको कुनै प्रवाह नगरी जीवन र मृत्युको लडाइँ लड्दै नेकपा एमालेलाई बलियो र सशक्त पार्टीको रुपमा स्थापित गर्न सफल हुनुहुन्छ महेश बस्नेत ।

पार्टी क्रान्ति र युबा शसक्तिकरणको माध्यमबाट समाज रुपान्तरणमा अहोरात्र खटिएका बस्नेत जीवन निक्कै संघर्षमय छ । परिवर्तनको नक्कली खोल ओडेका छद्मबेसी अग्रगामि भनाउँदा पुरातनवादीहरुको पटक पटकको धम्की र षड्यन्त्रलाई कुनै पर्वाह नगरी अबिचल्लित निरन्तर आफ्नो काममा खट्ने बस्नेत बास्तबमा काली गण्डकीको शालिग्राम जस्तो हो ।

पछिल्लो पटक केही नेतासङ्ग जोडेर नेता बस्नेतलाई आधारहिन आरोप निन्दनीय छ, संसदीय राजनीतिक अभ्यास भएका मुलुकमा संसदीय सदस्य बढाउनु खोज्नु स्वभाविक प्रक्रिया नै हो । मधेशी दलभित्रका केहि सासदहरुले तराईमै महेश बस्नेत लगायत अन्य नेतालाई बोलाई स्वागत गरेको अनि खुशीका साथ भोजन गरेको पनि फोटो मिडियामा आएको बेला र सवंम आउने ब्यक्तिले नै हैन हामी जनकपुरको छलफल पछि अझ छ्लफलका लागि काठमाडौँ आएको सघिय समाजवादीका नेताले नै स्वीकारेका छन् । त्यो पनि बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री ज्युको घरमै बसेर तर पनि केटाकेटी जिस्किए जस्तो गरि पूर्वप्रमको सचिवालयले आफ्ना अयोग्यता, कुन्ठा, असफलतालाई छोप्नु अन्तै ध्यान मोडने जुन प्रयास गरेका छन् ।

त्यो पनि डा। सुरेन्द्र यादब पछि एउटा कार्यक्रम उनले स्वीकार त गरेका छैन् । म अपहरण परे भनेर तर गोहिका आँसु बगाएर दोश दिनु खोजेका छन् । यी तिनै चातुर खेलाडी हुन् जो अघिल्लो दिननै दुई पार्टी मिलेको थाहा पाएपछि बाबुराम भट्टराईको बिहान गएर आफ्नो शाख जोगाउनको लागि अनेक नाटक गरे । जुन कुरा अरुले होईन उनका हितैशी प्रदिप यादवले भनेका छन् ।

अत यो प्रहार महेश बस्नेत मात्र नभएर सिङ्गो युवा पुस्ता माथिको प्रहार हो । हिजो बिहान हत्या, हिंसा, अपहरणको राजनीतिबाट उदाएका रत्नाकार बाबुराम अहिले कपटी शकुनि बनेर पासा चलाउन खोज्दैछन् र हिजको तुश अनि आजको आफ्नो असफलता घटनालाई मोडेर रोक्ने दुशाहस गर्दै छन् ।

खबरदार छेपारे बाबुराम मुलुकलाई अस्थिरताको जन्झिरमा बाधेर फेरि पनि मातृभुमी माथी धाबा बोल्ने तिम्रो प्रयास एक महेश होईन, हजार महेश, आवश्यक परे लाख महेश जन्मिने छ्न् । बन्द गर तिम्रो नाटक यो आलेख लेखिनुमा बस्नेतको कुनै हात छैन । उहाँले चाहेको र लेख्न खोजेको भए सायद अरु थुप्रै कुरा आउने थिए । नेताहरूलाई लडाएर पार्टी र गणतन्त्रलाई कमजोर पार्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ