राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखालाई खुल्ला पत्र

“तपाई अझै वाईसीएलको अध्यक्ष मात्र बन्ने की सिंगो राष्ट्रिय युवा संघ नेपालको संयोजक हुने ?”

देशमा पछिल्लो समयमा विकसित राजनैतिक घटनाक्रमका विषयमा तपाईंले देखाई रहनुभएको गतिविधि र तपाईले व्यक्त गरिरहनुभएको अभिव्यक्तिले तपाई सिंगो राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष भएको बोध हुन नसकेकोर तत्कालीन वाईसीएलको अध्यक्ष हुँदाको धङ्धङगी बाँकी रहेको अनुभूत भयो ।

तपाइले सबैभन्दा पहिला बुझ्नु पर्ने क़ुरा के हो भने यो देशको सबै भन्दा चलायमान, गतिशिल, लोकप्रिय र शक्तिशाली संगठन युवा संघ नेपाल तत्कालीन अवस्थामा तपाईंले नेतृत्व गरेको संगठन वाईसीएलमा बिलय भएको होईन् । एकता प्रक्रियामा प्राविधिक रूपले तपाईं संयोजक हुनुभयो युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल सहसंंयोजक हुनुभयो । यो पदको बाँडफाड प्राविधिक कुरा हो ।

तपाईले अभिब्यक्त गरेका सम्पूर्ण अभिब्यक्ति संगठनको आधिकारिक धारणा हुने अनी सहसंंयोजक रमेश पौडेल उपस्थित कार्यक्रम, उहाँले व्यक्त गर्नुभएको अभिव्यक्ति संगठनको आधिकारिक धारणा नहुने रु तपाईंका यस्ता खालका अभिव्यक्तिले म र म जस्ता तमाम राष्ट्रिय युवा संघ नेपालका साथीहरुलाई तपाई हिजोको वाईसीएलको धङ्धङगीबाट मुक्त हुन सक्नु भएन र सिंगो राष्ट्रिय युवा संघ नेपालको संयोजक भएको कुरा बोध गर्न सक्नु भएन भन्ने अनुभूति भैरहेको छ ।

अनी अर्को कुरा तपाईंलाई लाग्यो होला हिजोको युवा संघ नेपालसंग सम्बन्धित अझै भनौ भने पूर्व एमालेका विषयमा किन बोल्ने ? तपाईं एकपटक आम मानिस भएर सोच्नुस् त जुन व्यक्ति अपहरित भएको भनिएको छ, स्वयम् त्यही व्यक्तिबाट बेला बेलामा अभिव्यक्त भएका बोलीहरुबाट नै र निजकै पार्टीका अन्य सांसदहरुको सो घटना प्रतिको टिप्पणीबाट पनि सोच्न सकिन्छ कि ठूलो महत्वकांक्षाका साथ काठमाडौँ आउँदै थिए तर त्यही राती नै भएको २ वटा पार्टी बीचको एकता पछि आफ्नो टार्गेट पूरा नहुने देखेर त्यही फर्किनलाई गारो भएर बाबुराम एण्ड उपेन्द्र कम्पनीको विश्वास प्राप्त गर्नलाई बाबुराम एण्ड उपेन्द्र कम्पनीको योजना अनुसार गरिएको राजनीतिक प्रोपगण्डा हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ भने तपाईं जतिको व्यक्तिले बुझ्नु भएन होला भन्ने लाग्दैन । हाम्रो संगठनको इन्चार्जलाई लगाइएको आरोप सरासर झुटो हुँदा हुँदै पनि तपाईले यस्तो विज्ञप्ती निकाल्नु अनौंठो लाग्यो । आफ्नो इन्चार्जलाई दिउँसै रात पार्ने गरी आरोप लगाउँदा पनि उहाँका पक्षमा बोल्न, लेख्न र अन्य गतिविधि गर्न संगठनको निर्णयको औपचारिकता पर्छ र संयोजक ज्यू ?

अर्को कुरा तपाई जुन कमिटीको संयोजक हुनुहुन्छ त्यहि कमिटीको ईन्चार्ज भएको नाताले मात्र होईन कि जुन उद्देश्यका साथ महेश बस्नेत तराई जानुभएको थियो । त्यो मिसन सफल भएको भए त्यो राजनैतिक लाभ महेश बस्नेतलाई मात्र होईन तपाई हामी सबैको भागमा पर्थ्यो भन्ने कुरा पनि विचार गर्नुपर्थ्यो भन्ने आस थियो आम कार्यकर्ताको ।

कहिले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओली विरूद्ध विष वमन गरिरहनु भएको छ त कहिले एउटै कमिटीका समान हैसियतका सहसंयोजकले अभिव्यक्त गरेका धारणा, राष्ट्रिय हित विपरीतका गतिविधिको विरोधमा संचालन गरिएको कार्यक्रमलाई संगठनको आधिकारिक होईन भनि प्रचार प्रसार गर्दा आफु ईतरका नेताले चालेका र त्यहि टिमबाट समेत गलत कदम हो भन्ने आवाज उठ्दा समेत त्यस्तो कदमका विरूद्ध बोल्ने हिम्मत किन गर्नु हुन्न ? अझ हामी त आन्तरिक जनवादको अभ्यास गरी संगठन चलाउने इस्कुलिङबाट हुर्किएका हौं कमरेड ! हामीलाई संगठनले निर्णय लिन कस्तो वेलामा अलि बढि केन्द्रीयता, कस्तो वेलामा अलि बढी जनवाद र कस्तो वेलामा केन्द्रीयता र जनवादको सन्तुलन मिलाउने राम्रो सँग थाहा छ कमरेड । यो गतिविधिका लागि केन्द्रीयताको निर्णय प्रदान थियो होइन र कमरेड ? त्यसैले कृपया सिङ्गो राष्ट्रिय युवा संघ नेपालको संयोजक भएको बोध गर्दै हामी जस्ता संगठनका आम नेता कार्यकर्तालाई पनि त्यो कुराको अनुभुति गराउनुहोस् । आम कार्यकर्ताले सिङ्गो राष्ट्रिय युवा संघ चाहेका छन् । पूर्व वाईसिएल र पूर्व युवा संघ नेपाल होईन ।

रमेश पौडेल

केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ