क्रिकेटर उमर अकमललाई ३ वर्षे प्रतिबन्ध

एजेन्सी, १६ बैशाख । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् ।

यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र