एक राजनेताको लागि चुनाब जित्नु र हार्नुसँग खासै तात्विक भिन्नता त राख्दैन तर भुमिका फरक त अवश्य हुन्छ । २०७० सालको निर्वाचन हारे पश्चात् महेश बस्नेत ज्युले दृढ अठोट र आत्मविश्वास लिनुभयो । जनता म सँग अझै सन्तुष्ट छैनन्, रिसाएको छन् । मैले अब जनताको मन जित्ने काम अझै धेरै गर्नु पर्छ । अझै जनस्तरमा सम्बन्ध बिस्तार गर्नुपर्छ, तल्लो तहको जनतासँगको सामिप्यलाई अझै प्रगाढ तुल्याउनु पर्छ भनेर अनि लाग्नु भयो ।
जनतासँग हरेक सरोकारका बिषयमा हातेमालो अभियान तर येसैको बिचमा २०७२ बैशाख १२ को बिनाशकारी भुकम्प पछि मानिसहरुको बिजोग र भयाबह अबस्था देखेर तत्काल एउटा सस्थाको आबस्यकता देख्नु भयो र जन्मियो मानबिय आस्था नेपाल जसले तत्काल गर्नु पर्ने अल्पकालीन मध्यकालीन र दीर्घकालीन रणनीति बनाउँदै वास्तविक पिडितहरु पहिचान गर्दै राहत बितरण मानिसको उद्दार तथा २१ सय घर टहरा निर्माण गरिदिएर एउटा उदाहरण प्रस्तुत गर्दिनु भयो । प्रत्येक मृतकको परिवारलाई गाइजात्रा मनाउन १० हजार प्रदान पनि गरेर सांस्कृतिक पर्वको रक्षाको लागि योगदान पुर्याउनु भयो । पीडित परिवारले राहतको सास फेर्ने अनुभूति पनि गर्न पाए एस्तै सामाजिक कार्य जनताप्रतिको सामिप्यता तथा लगाब विकास प्रतिको झुकाब र आशक्ति यिनै कारणले २०७४ सालको निर्वाचनमा लगभग दोब्बर मतान्तरले भक्तपुर क्षेत्र नम्बर २ बाट विजय समेत हुनुभयो ।
निर्वाचन जितेपछी उहाँको यात्रा रोकिएन चुनाब जितेपछी नेता भेट्न सकिँदैन भन्ने आममानिसको धारणा जुन थियो । त्यसलाई समेत जबर्जस्त गलत बनाइदिदै हरदम हरपल जनतामाझ बसिरहनु भयो । जनतासँगै रमाइरहनु भयो । जनता जनार्दनको मान्यतालाई अगाली रहनु भयो । हरेक सुख दुख सधै सगै आफ्नो हात र साथ दिदै आउनुभयो ।
यस्तै हनुमन्तेमा बाढी आएर धेरै क्षेती भयो भने केही समय आवागमनमा समेत अबरोधको सृजना हुन पुग्यो तर उहाँको महत्वपूर्ण योगदान हनुमन्ते करिडोर तथा हनुमन्ते सफार्इ योजना तथा हरियालि प्रबर्द्धन कार्यक्रमले गर्दा स्मरणीय रहन पुग्यो । आज सिङ्गो विश्व कोरोनाको माहामारिले आक्रान्त छ तर हाम्रो माननीय महेश बस्नेत ज्यु अहोरात्र पिडितकोमा पुग्ने समस्या बुझ्ने राहत वितरणका कार्यक्रम गर्ने जनचेतना फैलाउने भने कोरोना विरुद्ध लड्न दीर्घकालीन योजना तथा जनता आधारभुत आवश्यकताबाट बन्चित नहुन भन्ने उद्देश्यले राधे राधेमा निर्माणाधीन न्यौपाने टावरको भवनलार्इ नेपाली सेनासँगको सहकार्यमा खाधान्न भन्डारण कक्ष बनाइरहुनभएको छ ।
जसले गर्दा हामी देख्न सक्छौ जनतालार्इ भोट बैंक मात्र बनाइनु हुँदैन जनता सर्बोपरी हुन र जनसेवा नै एक कुशल राजनेताको परिचय हो भन्ने पुस्टाई आफ्नो काम मार्फत देखाइदिनु भएको छ । राजनितिमा प्रतिस्पर्धा विकासमा सहकार्यता यहि नै हो माननीय ज्युको मुल मान्यता राजनीतिमा स्वस्थ प्रतिस्पर्धा गरेर पनि स्थान बनाउन सकिन्छ तर अनाश्यक बिरोधको लागि बिरोध गरेर होइन अहिलेको अबस्थामा माननीय महेश बस्नेतको ठाउँ अन्य कसैले लिन्छु भन्ने दिवा सपना नदेखे पनि हुन्छ । किनकी स्थापित हुन जनताको मनमुटुमा भिजेको हुनु पर्छ । हाम्रो माननीय हाम्रो आखामा नबिझाउने तस्बिर बनेर हाम्रो मनमुटुमा हाम्रो येथार्थ बनेर बसिसक्नु भएको छ । यस्को लागि एक आम भक्तपुरबासिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
सन्दीप खनाल
भक्तपुर






