विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा अन्य विकसित मुलुकको तुलनामा नेपाल सरकारको महत्वपूर्ण रणनीतिकै कारण हालसम्म नेपालमा कुनै अप्रिय घटना घट्न सकेको छैन । दुई छिमेकी मुलुकमा कोरोनाको संक्रमणले ठूलो चुनौति खडा गरेको छ । चीन र भारतकोबीचमा रहेको नेपालले कोरोनाको रोकथाम तथा नियन्त्रणमा देखाएको तदारुकता तथा प्रकृया हाल विश्वमा एक उदाहरणीय रहेको छ ।
नेपाल अविकसित मुलुक जसमा पनि भुपरिवेष्ठीत राष्ट्र । जसले गर्दा कुनै पनि कुरामा छिमेकी मुलुकको मुख ताक्नै पर्ने बाध्यता रहँदा रहँदै पनि कोरोनाको रोकथाममा मजबुद हुँदै गएको छ । हिजो स्वाब परिक्षण गर्न स्वदेशमा कुनै ल्याब थिएन र हामी विदेशको ल्याबमा भर पर्नु पर्थ्यो । बिस्तारै टेकु हुँदै आज देश भर प्रत्येक प्रदेश र ठूला अस्पतालले कोरोना परिक्षण गर्दै दैनिक करिब पाँच सय परिक्षण भइरहेका छन् ।
यसको साथै सरकारले दैनिक र्यापिड टेस्ट सहित विभिन्न माध्यमबाट करिब दस हजार बढी टेस्ट गर्ने क्षमता बनाउँदै छ । कोरोना कम प्रभावित विश्वका दश देशको सूचीमा हामी छौ । दक्षिण एसियामा भुटान ९पाँच जना सङ्क्रमित० पछाडि हाम्रो देश छ । दक्षिण एसिया मै नेपालले पहिलो पटक सिमा बन्द र हवाइ यातायात बन्द गरेको थियो भने सरकारले लागू गरेको लक डाउन पालनामा पनि अन्य देशको तुलनामा हामी सतर्क देखिएका छौं ।
हिजो सिमित साधन र उपकरणका बिच यो सफलता प्राप्त भएको र आगामी दिनमा विभिन्न माध्यमबाट प्रसस्त उपकरण र औषधि सहित अस्पतालहरु बन्दै गरेको अवस्था छ । विश्वका महाशक्ती राष्ट्रमा औषधि उपकरणको हाहाकार छ । अर्कै देशले बुक गरेका सामाग्री अन्य देशले महङ्गो मूल्य तिरेर लगेको समाचार सुनिन्छ ।
आज सरकारले आवश्यक तयारी गरेका कारण नै हामी मजबुद बन्दै छौ । यो सबै प्रकृयामा माननीय स्वास्थ मन्त्री भानुभक्त ढकाल ज्यु, दिन रात खटेर विभिन्न पक्ष्यसँग सल्लाह सुझाव लिइ निर्णय गरेका कारण यो सम्भव भएको हो ।
साथै उच्चस्तरीय समिती मार्फत माननीय उपप्रधानमन्त्री इस्वर पोख्रेलले सम्पूर्ण कुराको नेतृत्व लिदै आवश्यक निर्णय गरेर अगाडि बढ्नु भएको छ । माननीय इस्वर पोख्रेल नेतृत्वको समितीले विभिन्न उपसमिती गठन गरि नियमित योजना र निर्देशन दिएका कारण आज यो सकारात्मक परिस्थिती बन्दै गएको हो भन्ने स्पष्ट रहेको छ ।
आफ्नो स्वास्थमा जटिलताका बाबजुद सम्माननीय प्रधानमन्त्री ज्यु,ले सम्पूर्ण प्रकृयाको मुख्य नेतृत्व गर्दै दिन रात खटिनु भएको छ । विभिन्न प्रदेश तथा राजनैतिक दलसँग सहकार्य गर्न माननीय मन्त्री ज्यु,हरुले जिम्मा प्राप्त गर्नु भइ काम गरिरहुन भएको छ ।
कल सेन्टर मोबाइल एप्स अनि वडा कार्यालय मार्फत प्राप्त भएका विवरण अनुसार सम्भावित सङ्क्रमितको स्कृनिङ गर्दै परिक्षण समेत गरिदै छ । हरेक प्रदेकाका मुख्य मन्त्री तथा प्रदेश सरकारले आ आफ्नो भुगोलमा दिन रात खट्नु भएको छ भने सम्पूर्ण स्थानीय तहलाई बिरामीको पहिचान बिदेशबाट आएकाको पहिचान र निम्न आयस्रोत भएका मजदुर र गरिब परिवारलाई राहात तथा खाद्यान्न वितरण गरिएको छ ।
आजसम्म करिब चार लाख परिवारले राहात पाएको र विभिन्न ठाउँमा अभर परेकाको उद्दार र सहयोग जारी छ । आज हामीले कम विश्वास गरेका सरकारी अस्पतालहरु जनता प्रती उत्यरदायी बनेका छन भने नीजि अस्पतालहरु बिस्तारै सरकारको निर्देशन अनुरुप चल्न खोज्दै छन ।
स्वास्थकर्मी सुरक्ष्याकर्मी र स्वयम् सेवकको मनोबल हामीले जति उच्च राख्न सक्यौ त्यति नै हामीले यो काममा विजय प्राप्त हुन सक्छ । तसर्थ सरकारको निर्देशनलाई पालना गरेर हामी सबैले सहयोग गर्दा नै यो परिस्थितीबाट हामी पार हुन सक्छौ । बाँकी विषय केही रहे हामी सबै बाचेर नै सवाल जवाफ गरौला नि ।
सञ्जिव रोकाहा
केन्द्रीय सदस्य राष्ट्रिय युवा संघ नेपाल तथा पिन केन्द्रीय सदस्य






