बुटवल, ३० कार्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन् ।
बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोखरेल निर्वाचित भएका छन् ।
बैठकले गङ्गा गैरेलाई सदस्य पदमा मनोनयन गरेको छ भने बाँकी दुई सदस्य कार्यसमितिको आगामी बैठकबाट मनोनित गरिने भएको छ ।







