काठमाडौँ, १९ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ ।
उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । नेपाल भ्रमणका क्रममा उनले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबीचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए । सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ ।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबीच विशेषगरी आगामी उच्चस्तरीय भ्रमणको तयारीका विषयमा कुराकानी भएको थियो ।






