विदेशी लगानीमा माल्दिभ्सको कडाइ

एजेन्सी, २९ असोज । माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ ।

संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् ।

आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ । लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ ।

त्यस्तै, १०० मिलियन डलरभन्दा कम मूल्यका आवासीय घरजग्गा परियोजना तथा सामान्य समुद्री यातायात सेवाका केही गतिविधि माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् ।

सन् २०२४ मा लागू भएको विदेशी लगानी ऐनअनुसार ल्याइएको नयाँ व्यवस्थाले करिब १५० विदेशी लगानीमा सञ्चालित व्यवसायलाई समेट्ने मन्त्री सइदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र