खुट्टा बाँधेर दौडी भन्दा दौडिन नसक्नु स्वाभाविक हो : मुख्यमन्त्री पाण्डे

काठमाडौँ, २७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् ।

आज विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए ।

उनले भने, ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ’, ‘खुट्टा बाँधेर दौडी भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’

मुख्यमन्त्री पाण्डेले यसअघिका प्रधानमन्त्रीहरूले प्रदेशलाई बलियो बनाउने कानुन निर्माणमा गम्भीरता नदेखाएको पनि आरोप लगाए ।प्रधानमन्त्रीहरूसँगको छलफलमा अधिकार र कानुनको कुरा उठाउँदा उल्टै ‘नाच्न जान्दैन आँगन टेढो’ भन्ने खालका व्यंग्य र टिप्पणीहरू सुन्नुपरेको अनुभव उनले सुनाए । वर्तमान प्रधानमन्त्रीसँग पर्याप्त छलफल गर्न नपाएको उनले बताए ।

नेपालको संविधान २०७२ ले मुलुकमा संघीयता ल्याए पनि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा अझै केन्द्रीकृत मानसिकता कायम रहेको पाण्डेको भनाइ छ। ‘चाहे राजनीतिक पार्टीका नेताहरू हुन् या कर्मचारीतन्त्रको नेतृत्व, सबैमा पुरानै केन्द्रीकृत मानसिकता हाबी छ’, उनले भने, ‘ संविधानत कानुन नबन्ने हो भने संघीयताको रिथिङ्ग गर्नुपर्छ ।’ केन्द्रीकृत मानसिकताका कारण प्रदेशका लागि अत्यावश्यक कानुनहरू अझैसम्म बन्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ