पुराना कानुनले प्रदेशको आर्थिक विकास र प्रशासनिक समृद्धिमा बाधा पुर्‍याएको छ : मुख्यमन्त्री आचार्य

काठमाडौँ, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् ।

आज कोशीको विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए ।

संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ छ । उनले संविधानले व्यवस्था गरेको प्रशासनिक अधिकार अहिलेसम्म पनि पूर्ण रूपमा हस्तान्तरण नगरिएको बताए । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि प्रदेश प्रहरी ऐन नबनेको र संघीय कानुनहरू संशोधन नहुँदा प्रदेश सञ्चालनमा गम्भीर समस्या पैदा भएको उनको गुनासो छ । पुराना कानुनहरूले प्रदेशको आर्थिक विकास र प्रशासनिक समृद्धिमा समेत बाधा पुर्‍याएको उनले बताए ।

संविधानले दिएका वित्तीय अधिकारहरूलाई पनि संघीय सरकारले झन्–झन् संकुचन गर्दै लगेको आरोप उनले लगाएका छन् । कानूनी अड्चन र अधिकारको अभावका कारण प्रदेश सञ्चालनका निम्ति गम्भीर चुनौती सिर्जना भइरहेको बताउँदै उनले संघीय सरकारलाई तत्काल अधिकार हस्तान्तरण गर्न र आवश्यक कानुनहरू संशोधन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ