भक्तपुर, २६ असोज । तौलाछें-९, भक्तपुरमा स्थित योगदान बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राधे लक्ष्मी लाखाजुको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक बुद्ध लक्ष्मी प्रजापतिको आतिथ्यतामा २५ औं वार्षिक साधारणसभामा सम्पन्न भएको हो । प्रमुख अतिथिले सहकारीको २५ वर्षे रजत यात्राको सफलताको शुभकामना दिँदै स्थानीय स्तरमा आर्थिक सशक्तिकरण, सर्वसाधारणमा बचत गर्ने बानीको विकास र साना व्यवसायीहरूलाई बिना झन्झट ऋण प्रवाहमा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा संस्थाका सचिव राम चन्द्र प्रजापतिले आ व २०८२/०८३ को वार्षिक कार्यप्रगति तथा भावी रणनीति प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षले आर्थिक २०८२/०८३ को आय-व्यय विवरण र आव २०८३/०८४ को बजेट पेस गर्नुभयो ।
कार्यक्रममा संस्थामा उत्कृष्ट बचतकर्ता, नियमित ऋण चुक्ता गर्ने ऋणी तथा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । संस्थाकी अध्यक्ष राधे लक्ष्मी लाखजुले संस्थाको बार्षिका कार्ययोजना तथा पांच बर्षेको कार्यक्रम योजना तर्जुमा अनुसार संस्थाले आशचित प्रगती भएको कुरा जानकारी गर्नु भयो । समापन मन्तव्य दिँदै संस्थाका अध्यक्षले विगत २५ वर्षदेखि निरन्तर विश्वास र साथ दिने सम्पूर्ण सेयर संस्थाले आफ्ना सदस्य, नियमनकारी निकाय तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ । साधारण सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति शेयर सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।







