काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण हालसम्म मानवीय क्षतिको सूचना प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।
उनले भने, “दुइटा बस्तीलाई पूरै क्षति बनायो, जगतको बस्ती र पन्देरीको बस्तीलाई,” “पशुधन र अन्य संरचना, पुलहरू क्षति छ, मानवीय क्षति छैन ।
बाढीको उत्पत्ति स्थल कहाँ, कसरी आयो भन्नेबारे यकिन हुन बाँकी रहेको उनले बताए । आज बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखाको आरुघाटमा बाढी खतरा तह पार भएको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।







