पूर्वराजाले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

काठमाडौँ, २५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् ।

उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ ।

गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ । सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ । इलाका प्रहरी

काठमाडौँ, २५ असोज । बारा पचरौता नगरपालिका-६ बाट ५५ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, २५ असोज । गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र

काठमाडौँ, २५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ