दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ गरी प्रसाईंविरूद्ध विद्युतीय कारोबार कसुर गरेको अभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।  यातायात

काठमाडौँ, २० असोज । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक