उज्यालो नेपाल देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो : कुलमान घिसिङ

काठमाडौँ, २० असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीको देशको विकासका लागि स्थापित राजनीतिक शक्ति भएको बताएका छन् । 

आज हेटौँडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी घिसिङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बागमतीमा सरकार गठन गरेपछि सङ्घीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरे । उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभई देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘उज्यालो नेपाल विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनुभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै हरित क्रान्तिका आधारमा आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । बागमती प्रदेशबाट सुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो ।’ ‘सरकारले ६ महिनामा केही क्षेत्रमा काम गर्न खोजे पनि जनताले अपेक्षा गरेको गति र परिणाम देखिन सकेको छैन । रणनीतिक विकास निर्माण र सुशासनका क्षेत्रमा सरकारले स्पष्ट सन्देश दिन सकेको छैन । म सरकारलाई असफल भन्दिनँ, तर जनताले अपेक्षा गरेअनुसारको परिणाम दिन अब थप गति, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’

उनले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे । जेन–जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा

काठमाडौँ, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।  आज सिंहदरबारमा

काठमाडौँ, २० असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीको देशको विकासका लागि स्थापित राजनीतिक शक्ति भएको बताएका छन्

काठमाडौँ, २० असोज । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ