सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज अब नपाइने

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ ।

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले सूचना जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेको हो ।

बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, हामी दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।

विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको थियो । फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी