चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १९ असोज । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याहरू सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी आज बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा काठमाडौंको डल्लु स्थित संशोधन मण्डलको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

पौने १२ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवले जानकारी गराउने कार्यसूची छ । साथै मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि मन्त्री र सचिवलाई बोलाएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिकै बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनोट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ