दुई हजार पाँच सय ४८ किशोरीलाई एचपीभी खोप

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दश पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार पाँच सय ४२ र विद्यालयबाहिर रहेका दश वर्ष उमेरका छ किशोरीलाई खोप लगाइएको हो । जिल्लाका दशवटै स्थानीय तहका दुई सय ५४ विद्यालयमा खोपकेन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो ।

व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६, भानु नगरपालिकाका २१६, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका दुई सय २६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ किशोरीले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ कार्तिक । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्

एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

एजेन्सी, ८ कार्तिक । म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२

एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६