फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर फेला

काठमाडौँ, १८ असोज । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ ।

उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ ।

स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर उत्तरमा फेला परेको थियो । ट्रोयेस पेरिसको दक्षिण–पूर्वमा अवस्थित छ र इङ्लिस च्यानलबाट करिब ३०० किलोमिटर टाढा छ ।

उनले भनिन्, ‘अपराध स्थलमा उपस्थित भएको विश्वास गरिएको’ एक शङ्कास्पद व्यक्तिलाई शुक्रबार बिहानै पक्राउ गरिएको ट्रोयेसकी अभियोजक इसाबेल भेरिसिमोले बताइन् । “बिहान करिब ५ बजे भ्यानको सिटमा ४७ वर्षीय पुरुषको मृत शरीर ‘टाउकोमा गोली लागेको’ अवस्थामा फेला परेको थियो । उक्त भ्यानमा बेलायती नम्बर प्लेट थियो ।”

सवारी साधनभित्र प्रहरीले ‘फ्रान्सेली भूमिमा अवैध रूपमा रहेका करिब १० जना विदेशी नागरिक’ फेला पारेको थियो। उनले मृतक वा ती विदेशीहरूको राष्ट्रियता उल्लेख गरिनन् । प्रारम्भिक अनुसन्धानले बेलायती भ्यान ‘च्याम्प ल’ एपे विश्रामस्थलमा पार्क गर्न रोकिँदा गोली चलेको र त्यसपछि धेरै व्यक्ति घटनास्थलबाट भागेको सङ्केत पाइएको अभियोजकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २