नेपाल–चीन सम्बन्ध जनस्तरसम्म सुदृढ बनाउनुपर्नेमा जोड

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

सतहत्तरौँ चिनियाँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज, लुम्बिनीले बिहीबार रुपन्देहीको भैरहवास्थित ‘पुगता भूमि जेतवन विहार’मा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताले नेपाल–चीन सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो र आत्मीय रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पारस्परिक सम्मानमा आधारित रहेको बताए । उनले चीनको विकास अनुभवबाट नेपालले अनुशासन, सामूहिक भावना र सहकार्यको संस्कृति सिक्न सक्ने उल्लेख गरे ।

नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष मनिषकुमार जोशीले नेपाल र चीनबिचको सम्बन्ध समय क्रमसँगै थप सुदृढ हुँदै गएको बताए । लुम्बिनीको विकासमा चीनले देखाउँदै आएको चासोले पनि दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप नजिक बनाएको उनको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. सागर न्यौपानेले चीनले हासिल गरेको आर्थिक तथा सामाजिक विकासबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले