एमाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित

काठमाडौँ, १५ असोज । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा (एमाले)ले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको सपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए । एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रिय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना