एमाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित

काठमाडौँ, १५ असोज । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा (एमाले)ले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको सपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए । एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रिय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,