काठमाडौँ, ९ असोज । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई २३ जेठ २०७९ मा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।







