‘वाकआउट’ बीच युद्ध जारी राख्ने नेतान्याहुको घोषणा

एजेन्सी, ९ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा भइरहेको आफ्नो देशको सैन्य अभियानको बचाउ गरेका छन् । 

सम्बोधनका लागि उनी मञ्चमा उक्लनासाथ दर्जनौँ प्रतिनिधिहरूले विरोधस्वरूप सभाकक्ष छाडेर बाहिरिएका थिए। वाकआउटका बिच पनि नेतान्याहुले लडाइँ जारी राख्ने दृढता व्यक्त गर्दै भने, ‘हामी जित्नेछौँ, हामीसँग अर्को कुनै विकल्प छैन।’ 

विरोध गर्नेहरूप्रति टिप्पणी गर्दै उनले भने, ‘यदि यहाँ अरू कुनै नैतिक कायरहरू बाँकी हुनुहुन्छ भने कृपया अहिल्यै बाहिर जानुहोस्।’ सम्बोधनका क्रममा उनले गाजामा इजरायलले नरसंहार गरिरहेको भन्ने आरोप पूर्ण रूपमा अस्वीकार गरे। 

नेतान्याहुको सम्बोधनभन्दा केही घण्टाअघि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पूर्व-रेकर्ड गरिएको भिडियो सन्देशमार्फत राष्ट्रसङ्घलाई सम्बोधन गरेका थिए। अमेरिकी भिसा नपाएपछि भिडियो सन्देश पठाउन बाध्य भएका अब्बासले पश्चिमी किनारमा इजरायलले गरिरहेको बस्ती विस्तारले प्यालेस्टाइनी जनताको अस्तित्व र दुई-राज्य समाधानलाई गम्भीर खतरामा पारेको बताए। गाजामा इजरायली सेनाले हत्या, विनाश, भोकमरी र विस्थापनका साथै नरसंहारको युद्ध चलाएको उनको आरोप थियो। 

युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालतबाट पक्राउ पुर्जी जारी भएका नेतान्याहुले आफ्नो आलोचना गर्ने देश र नेताहरूमाथि प्रहार गरे। बेलायत र फ्रान्सजस्ता देशहरूले इजरायलमाथि उपनिवेशवादको आरोप लगाएकोमा असन्तुष्टि जनाउँदै उनले उपनिवेशवाद शब्दकै सुरुवात ती देशहरूले गरेको दाबी गरे। 

यसैगरी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई तानाशाहको संज्ञा दिँदै नेतान्याहुले हमासलाई समर्थन गरेको आरोप लगाए। यसअघि एर्दोगानले राष्ट्रसङ्घमै गाजा र पश्चिमी किनारका मानिसले भोगेको अन्यायले मानवताको चेतनालाई गहिरो चोट पुर्याएको बताएका थिए। 

नेतान्याहुको अभिव्यक्तिपछि टर्कीका सञ्चार निर्देशक बुरहानेत्तिन दुरानले राष्ट्रसङ्घको मञ्च दुरुपयोग गरी टर्की र एर्दोगानमाथि आधारहीन आरोप लगाउनु राष्ट्रसङ्घका आदर्शविपरित भएको प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।