आजदेखि नयाँ ३ फिल्म हलमा

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ ।

एक्सन स्टार निखिल उप्रेतीको होम प्रोडक्सनमा बनेको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ भरपुर एक्सनले भरिएको फिल्म हो । देशभर १३७ वटा शो पाएको फिल्म मार्फत अभिनेता निखिल उप्रेती ११ वर्षपछि अभिनय र निर्देशनमा कमब्याक गरेका छन् । 

नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने संघर्ष, त्याग र वृद्ध अवस्थामा आफ्नै सन्तानबाट भोग्नुपर्ने उपेक्षाको मर्मस्पर्शी कथा बोकेको फिल्म ‘बा: एक योद्धा’ हरि लम्सालले निर्देशन गरेका हुन् । काठमाडौँ, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमियरमा राम्रो प्रतिक्रिया पाउन सफल फिल्ममा अभिनेता दिव्य देवले बुबाको भूमिका निर्वाह गरेका छन् । 

अन्तर्जातीय सम्बन्ध, सामाजिक विभेद र गरिबमाथि हुने थिचोमिचोको विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘जदौ’ पनि आजैबाट देशव्यापी प्रदर्शनमा आएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यो फिल्मले हाँसो, रोमान्स र रोदनको सम्मिश्रणसहित समाजलाई सकारात्मक सन्देश दिने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै