‘भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया’

भक्तपुर, ९ असोज । भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ  ।

अस्पतालमा उपचाररत ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) देखिएपछि आवश्यक स्वास्थ्य परीक्षण, मूल्याङ्कन तथा शल्यक्रियाको तयारी गरिएको थियो। त्यसपछि चिकित्सकीय टोलीले Right-sided Burr Hole and Evacuation of Hematoma शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

उक्त जटिल न्यूरोसर्जिकल शल्यक्रिया न्यूरोसर्जन डा. मणिकुमार लामाको नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रियामा संलग्न एनेस्थेसिया, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको समन्वित प्रयासबाट उपचार प्रक्रिया सफल भएको बताइएको छ।

अस्पतालले आगामी दिनमा पनि विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै नागरिकलाई गुणस्तरीय, सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी