‘भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया’

भक्तपुर, ९ असोज । भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ  ।

अस्पतालमा उपचाररत ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) देखिएपछि आवश्यक स्वास्थ्य परीक्षण, मूल्याङ्कन तथा शल्यक्रियाको तयारी गरिएको थियो। त्यसपछि चिकित्सकीय टोलीले Right-sided Burr Hole and Evacuation of Hematoma शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

उक्त जटिल न्यूरोसर्जिकल शल्यक्रिया न्यूरोसर्जन डा. मणिकुमार लामाको नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रियामा संलग्न एनेस्थेसिया, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको समन्वित प्रयासबाट उपचार प्रक्रिया सफल भएको बताइएको छ।

अस्पतालले आगामी दिनमा पनि विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै नागरिकलाई गुणस्तरीय, सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा