काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






