यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता रहने छैन : पूर्णबहादुर खड्का

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन् ।

उनले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गरेका छन् । खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको हाम्रो दाबी छ । यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो।’ ‘सर्वोच्चबाट पुनरावलोकनको निस्सा दिइएको अवस्थामा पनि महाधिवेशन रोक्न आवश्यक नदेखिनुले नेपाली कांग्रेस दुईवटा महाधिवेशन हुने र विभाजनको डिलमा पुग्ने स्थिति सिर्जना भएको छ,’ । 

देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने उनको चिन्ता छ। ‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ उनले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार