साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

एजेन्सी, ४ असोज । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्।

हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअका अनुसार रियादका संवेदनशील क्षेत्र तथा रेड सी तटमा रहेका साउदी तेल कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो।

साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अन्य क्षति वा मानवीय हताहतीबारे तत्काल जानकारी दिइएको छैन।

शनिबार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण क्षेत्रमा कालो धुवाँ देखिएको थियो। घटनापछि केही समय विमान उडानमा समेत अवरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय