भद्रपुर भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

झापा, १ असोज । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८.३४ प्रतिशत हो । भदौमा मात्र रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको छ । यो लक्ष्यको १५०.३८ प्रतिशत हो । यसअघि साउनमा रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन भएको थियो ।

चालु आवका लागि कार्यालयले रु २६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा भएको सङ्कलन वार्षिक लक्ष्यको १७.७५ प्रतिशत हो । यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु दुई करोड २० लाख एक हजार १५६ रहेको छ ।

यस्तै, भन्सार महसुल (आयात) बाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सो वर्ष रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४.३४ प्रतिशत अर्थात् रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।