पूर्वमन्त्री शाहीकाे निधन

सुर्खेत, १ असोज । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाे बुडेली निवासी कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनलाई हृदयाघात भएको थियो । शाहीले ‎२०३६ को जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निभाएका थिए ।

०७४ मा समानुपातिकतर्फ कांग्रेसबाट कर्णाली प्रदेश सभा सदस्य भए । प्रदेशकाे आन्तरिक मामिला तथा कानुनमन्त्री पनि बने । कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।