‘जेनजी’ प्रदर्शनमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके, १ असोज । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।

गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख सन्तोष विकले जानकारी दिए । भवनमा आगजनी भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युत्रोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

कार्यालय प्रमुख विकले भने, “जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रुपमा सेवा प्रवाह गरिरहेका छाैँ । एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छाैँ ।”

विसं २०७४ पछिका स्रेस्ता ‘डिजिटलाइज्ट’ भएकाले स्रेस्ता कायममा समस्या नभए पनि त्योभन्दा अगाडिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का यकीन नहुँदा स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायत प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको उनको भनाइ छ ।

सेवाग्राहीलाई आवश्यक सहयोगका लागि सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको कार्य सुरु गरिएको कार्यालय प्रमुख विकले जानकारी दिए । लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक रुपमा बोझ हुनेहुँदा नागरिक सहायता कक्षमार्फत सेवा लिनसमेत उनले सेवाग्राहीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।