कोसोभोका पूर्वराष्ट्रपति हासिमलाई २५ वर्ष जेल सजाय

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ ।

नेदरल्यान्ड्सको हेगस्थित न्यायाधिकरणले पूर्वराष्ट्रपति हासिमलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको हो । थाचीलाई सर्बियाबाट स्वतन्त्रताका लागि भएको युद्धका क्रममा चारवटा युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरिएको हो । 

‘कोसोभो लिबरेसन आर्मी’का सर्वोच्च पूर्वकमान्डर रहेको ५८ वर्षीय हासिमलाई सन् १९९० को दशकमा सर्बियाबाट अलग हुने क्रममा भएको हिंसात्मक द्वन्द्वमा हत्या, यातना र गैरकानुनी हिरासतलगायत अपराध गरेको अभियोगमा बुधबार सजाय सुनाइएको हो ।

हेगस्थित ‘कोसोभो स्पेसलिस्ट च्याम्बर्स’ले द्वन्द्वका क्रममा ‘कोसोभो लिबरेसन आर्मी’द्वारा आफ्ना ९६ जना राजनीतिक विरोधी तथा सर्बियाली सुरक्षा निकायका सहयोगी मानिएका व्यक्तिहरूको हत्यामा हासिम दोषी रहेको जनाएको छ । हासिमले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । सुट र टाइमा उपस्थित थाची प्रधानन्यायाधीश चार्ल्स स्मिथले फैसला सुनाइरहँदा उभिएर सजाय सुनेका थिए ।

‘कोसोभो लिबरेसन आर्मी’का अन्य तीनजना वरिष्ठ पूर्वकमान्डरलाई पनि विभिन्न आरोपमा सजाय सुनाइएको छ । याकुप क्रास्निकीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । काद्री भेसेलीलाई हिरासतमा बिताएको समयसमेत समायोजन हुने गरी १८ वर्ष र रेक्सेप सेलिमीलाई हिरासतमा बिताएको समयसमेत समायोजन हुने गरी १३ वर्षको सजाय सुनाइएको छ । फैसलामा उनीहरूलाई पुनरावेदन गर्ने अधिकार रहेको उल्लेख गरिएको छ ।

यद्यपि, यी अपराधहरू सर्वसाधारणमाथि व्यापक र व्यवस्थित आक्रमणका रूपमा भएका हुन् भन्ने अभियोजकहरूले पुष्टि गर्न नसकेको भन्दै न्यायाधीशहरूले चारै जनालाई मानवताविरुद्धका ६ वटा अपराधका आरोपबाट भने सफाइ दिएका छन् । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।