इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् ।

उनले सम्झौता गर्न इरान निकै आतुर रहेको दोहोर्‍याएका छन् । हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताए । 

ट्रम्पले बुधबार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको जानकारी दिए । युद्ध कुन चरणमा पुगेको छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ ।”

अमेरिकाको नर्थ क्यारोलिनामा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग उनले भने, “इरान सम्झौता गर्न निकै उत्सुक छ । हेरौँ, यो कसरी अघि बढ्छ ।”

इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्तामार्फत भन्ने अर्को प्रश्नमा ट्रम्पले आफूले इरानी पक्षबाट सोझै खबर पाएको स्पष्ट पारे । एएडटकम 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।