इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् ।

उनले सम्झौता गर्न इरान निकै आतुर रहेको दोहोर्‍याएका छन् । हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताए । 

ट्रम्पले बुधबार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको जानकारी दिए । युद्ध कुन चरणमा पुगेको छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ ।”

अमेरिकाको नर्थ क्यारोलिनामा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग उनले भने, “इरान सम्झौता गर्न निकै उत्सुक छ । हेरौँ, यो कसरी अघि बढ्छ ।”

इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्तामार्फत भन्ने अर्को प्रश्नमा ट्रम्पले आफूले इरानी पक्षबाट सोझै खबर पाएको स्पष्ट पारे । एएडटकम 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर