वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीद्वारा १५ लाख ७४ हजार सहयोग

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।

रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् । संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन् ।

चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीहरूले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले संघका हजारौं सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिले ९ वटा कार्यादेश (टीओआर) बनाएर

काठमाडौँ, ९ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजको कार्यक्रममा दिएको अभिव्यक्ति