उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । उनी उच्च अदालत जनकपुरको पदस्थापनाका लागि सिफारिस भएका हुन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि न्यायाधीशमा सिफारिस भएका छन् । उनी उच्च अदालत विराटनगरमा पदस्थापना हुनेछन् ।

न्यायपरिषदको बैठकले तीन जना सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गरेको छ । कट्टेल र दाहाल सर्वोच्च अदालतको रजिष्ट्रार हुनेछन् भने भट्टराई न्यायपरिषदको सचिव बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको

काठमाडौँ, ३० भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले

काठमाडौँ, ३० भदौ । नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि