नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, ३० भदौ । नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जीम एस. लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त वक्तव्यमा सोमबार हस्ताक्षर गरेका हुन् ।

कूटनीतिक सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतले आपसी हितका विषयमा छलफल गरेका  छन् । साथै, द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् । याेसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिले ९ वटा कार्यादेश (टीओआर) बनाएर

काठमाडौँ, ९ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजको कार्यक्रममा दिएको अभिव्यक्ति