उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल मनोनीत

काठमाडौँ, ३० भदौ । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् ।

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिव पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् । अर्याल युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष हुन् ।

उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार