एजेन्सी, २८ भदौ । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ ।
घटनामा परेका १३ जना अझै बेपत्ता छन् । पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।
उद्धार र अनुसन्धान कार्य जारी छ । सिन्ह्वा





