बाढीपीडितका लागि लागि अमेरिकाद्वारा थप सहायता घोषणा

काठमाडौँ, २८ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो ।

यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ । अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ । यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने बताइएको छ ।

सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि उपलब्ध गराइएको अमेरिकाले जनाएको छ । त्यस्तै, झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका लागि ३ लाख ६५ हजार डलर उपलब्ध गराइएको जनाएको छ ।

अमेरिकी सेनाले नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत अभियानका लागि ५ हजार विशेष विपद् पीडित पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–इन्ड लोडर उपलब्ध गराएको अमेरिकाले जनाएको छ । अमेरिका परिस्थितिअनुसार नेपाल सरकारसँग समन्वय गरी थप सहायता प्रदान गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्