प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : मुख्यमन्त्री भट्ट

धनगढी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घको ५२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । उनले प्रदेशमा रहेका सम्भावना र स्रोतसाधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

आफू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनले भनाइ थियो । ‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ