प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : मुख्यमन्त्री भट्ट

धनगढी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घको ५२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । उनले प्रदेशमा रहेका सम्भावना र स्रोतसाधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

आफू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनले भनाइ थियो । ‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानीभेरी गाउँपालिका-६ को देउता

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ