नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

एजेन्सी, २७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका सीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

करिब सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। वार्तामा सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयले संवाद बढाउने, सहयोग बलियो बनाउने र आपसी मतभेद उचित ढङ्गले समाधान गर्ने पक्षमा चीन रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर