कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसबारे सांसदरूले आ–आफ्ना सैद्धान्तिक धारणा राखेका थिए ।

सांसदहरूले उठाएका सैद्धान्तिक प्रश्नको अर्थमन्त्री डा. वाग्लेले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ पेस गरेका थिए । 

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । अब यो विधेयक दफावार छलफलका लागि अघि बढ्नेछ। यस संशोधनले कर्मचारी सञ्चय कोषको सञ्चालन र व्यवस्थापनमा समसामयिक सुधार गर्ने विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले

काठमाडौँ, २६ भदौ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र

काठमाडौँ, २६ भदौ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । राजदूत मेगनले आज भेटवार्ता

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।