कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसबारे सांसदरूले आ–आफ्ना सैद्धान्तिक धारणा राखेका थिए ।

सांसदहरूले उठाएका सैद्धान्तिक प्रश्नको अर्थमन्त्री डा. वाग्लेले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ पेस गरेका थिए । 

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । अब यो विधेयक दफावार छलफलका लागि अघि बढ्नेछ। यस संशोधनले कर्मचारी सञ्चय कोषको सञ्चालन र व्यवस्थापनमा समसामयिक सुधार गर्ने विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि

मकवानपुर, ५ कार्तिक । बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई