नक्कली चुरोटसहित एक जना पक्राउ

काठमाडौँ, २५ भदौ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन् ।

नक्कली चुरोट बिक्री-वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला परेको हो । प्रहरीले भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ ।

बरामद चुरोट, भ्यान र पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार