एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने 

काठमाडौँ, २५ भदौ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने भएको छ ।

कार्यदलका सदस्य डा.राजन भट्टराईका अनुसार भोलि बिहान ११ बजे बैठक बोलाइएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको हो ।

गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् ।

सात प्रदेश र अरु गैरभौगोलिक गरी १३ स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो । महासचिव पोखरेलले प्रतिवेदनको मस्यौदा झण्डै एक महिना पहिले नै तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ