दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प

एजेन्सी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने ‘मिडटर्म’ चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ”इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ,” ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् । 

इरानलाई जसरी पनि आणविक हतियार चाहिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको उनले बताए । अबको वार्तामा यसअघिका भन्दा पृथक प्रस्तावहरू लिएर अमेरिका वार्ता टेबुलमा बस्ने उनको भनाइ छ । ”हामीसँग आणविक हतियार व्यवस्थापनमा विभिन्न विकल्प सहितको प्रस्ताव हुनेछ । यसअघिका वार्तामा ती प्रस्तावहरू थिएनन्,” ट्रम्पको भनाइ उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ । 

इरानी सरकारसँग अब जनताको साथ नरहेको भन्दै उनले अमेरिकी चुनावपछि युद्ध अन्त्य हुने जिकिर गरे । ”इरानले जनसमर्थन गुमाउँदै गएको छ । त्यसैले अब अमेरिकी चुनाव लगत्तै त्यहाँ युद्ध अन्त्य हुन्छ,” उनले दोहोर्‍याए । 

इरानसँग वार्ताका लागि अमेरिकाले तदारुकता भने नदेखाउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र