फिलिपिन्समा यात्रुवाहक फेरीमा आगलागी हुँदा पाँचजनाको मृत्यु, ८७ बेपत्ता

एजेन्सी, २५ भदौ । फिलिपिन्सको चर्चित पर्यटकीय क्षेत्र कोरोननजिकै समुद्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ८७ जना बेपत्ता भएका छन् ।

फिलिपिन्स कोस्टगार्डका अनुसार ‘एमभी जुन एस्टर’ फेरी दुर्घटनाको समयमा यात्रु तथा चालक दलका सदस्य गरी कुल १३४ जना सवार थिए ।

दुर्घटनालगत्तै परिचालन गरिएको उद्धार टोलीले समुद्रबाट ४२ जनाको सकुशल उद्धार गरेको कोस्टगार्डले जनाएको छ । कोस्टगार्डकी क्याप्टेन नोएमी कायाब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार अझै ८७ जना बेपत्ता छन् ।

फिलिपिन्स कोस्टगार्डले सार्वजनिक गरेको भिडियोमा पूरै फेरी भीषण आगोको लप्काले ढाकिएको देखिन्छ । उद्धारकर्ताहरूले समुद्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्यसमेत भिडियोमा देखिन्छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि समुद्री तथा हवाई टोली परिचालन गरिएको कोस्टगार्डले जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ