फिलिपिन्समा यात्रुवाहक फेरीमा आगलागी हुँदा पाँचजनाको मृत्यु, ८७ बेपत्ता

एजेन्सी, २५ भदौ । फिलिपिन्सको चर्चित पर्यटकीय क्षेत्र कोरोननजिकै समुद्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ८७ जना बेपत्ता भएका छन् ।

फिलिपिन्स कोस्टगार्डका अनुसार ‘एमभी जुन एस्टर’ फेरी दुर्घटनाको समयमा यात्रु तथा चालक दलका सदस्य गरी कुल १३४ जना सवार थिए ।

दुर्घटनालगत्तै परिचालन गरिएको उद्धार टोलीले समुद्रबाट ४२ जनाको सकुशल उद्धार गरेको कोस्टगार्डले जनाएको छ । कोस्टगार्डकी क्याप्टेन नोएमी कायाब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार अझै ८७ जना बेपत्ता छन् ।

फिलिपिन्स कोस्टगार्डले सार्वजनिक गरेको भिडियोमा पूरै फेरी भीषण आगोको लप्काले ढाकिएको देखिन्छ । उद्धारकर्ताहरूले समुद्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्यसमेत भिडियोमा देखिन्छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि समुद्री तथा हवाई टोली परिचालन गरिएको कोस्टगार्डले जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २६ भदौ । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश