पार्टीभित्रको विवाद समाधान गर्न हामी संवादको बाटो अपनाउँछौँ : शेरबहादुर देउवा

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान गरिने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक अभ्यासमा आन्तरिक बहस र फरक मत हुनु स्वाभाविक भएको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै कार्यकर्ताहरूलाई संयमित रहन आग्रह गरे । 

उनले भने, ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन। हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो। त्यसका लागि म सम्बन्धित पक्षहरूसँग छलफल गरी विवाद हल गर्न तयार छु। पार्टीभित्रको विवाद समाधान गर्न हामी संवादको बाटो अपनाउँछौँ। म सबै साथीहरूलाई आग्रह गर्छु– आन्तरिक समस्यालाई पार्टीभित्रै बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको